काठमाडौं – गत चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा ट्राफिक लाइट तोडफोड गर्ने कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा उनलाई आज सोमवार भक्तपुर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।
उक्त घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिलेसम्म २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar