काठमाडौं – गत चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी हिंसात्मक प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खोटाङ जिल्ला पूर्व सभापति डा.राजकुमार राई घटनामा संलग्न भएको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
बालकुमारीस्थित सीसीआरसी कलेजका निर्देशक समेत रहेका राईलाई सीसीटीभी फुटेजका आधारमा पहिचान गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक भएको भिडियो फुटेजमा राईले भाटभटेनीबाट ब्ल्याकलेबल र ब्लू लेबल जस्ता महंगा ब्रान्डका मदिरा चोरी गरिरहेको स्पष्ट देखिएको छ ।
खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ निवासी ६३ वर्षीय राजकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाका खोटाङका चर्चित नेता राई गत पुस १३ गते सम्पन्न खोटाङ जिल्ला अधिवेशनमा सभापति पदमा पराजित भएका थिए। उनलाई पराजित गर्दै मुकुन्दकृष्ण थापा जिल्ला सभापति बनेपछि उनी पार्टीमा निस्क्रिय भएको खुलेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar