काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र प्रसाद पाण्डेले अदालतले राज्य चलाउन थालेको आरोप लगाएका छन् ।
आज सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पाण्डेले सरकारले बनाउने मापदण्ड अदालतले बनाउन थालेको बताएका हुन् । ‘सरकारले बनाउने मापदण्ड अब अदालतले बनाउन थाल्यो । अब अदालतले नै राज्य चलाउन थाल्यो, यो उचित भएन । अदालतले आफ्नो सीमा बुझेर काम गर्न जरुरी छ,’ उनले भने ।
अदालतले मुआब्जा दिनु भने पनि कहाँको रकमले दिने भनी प्रश्न सोध्दै अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जान सरकारलाई आग्रह गरे । पाण्डेले अदालतले आफ्नो सीमा बुझेर काम गर्नुपर्ने पनि बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar