काठमाडौं – काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इन्डष्ट्रिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण मागेको थियो । सोही विवरणका आधारमा प्रतिवेदन तयार गरिएको र सोही प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्यौँ र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको झाले बताए ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड) को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा स्टान्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेखसमेत नपाइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar