काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्यले भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबारको तुलनामा छापावाल सुन ८०० रुपैयाँले बढेको हो । मङ्गलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar