काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुरहरूले पाउँदै आएको १० प्रतिशत सेवा शुल्क (सर्भिस चार्ज) पुन लिन पाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ ।
युनियनका केन्द्रिय अध्यक्ष दिनेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको २०७९ माघ ११ गतेको उत्प्रेषण परमादेशबाट होटल, रेष्टुरेन्ट लगायतबाट सेवा शुल्क लिन रोकिएकोमा त्यसलाई पुनः पाउनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । युनियनले नेपालको होटल, रेष्टुरेन्ट लगायत पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूले पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कको एजेण्डालाई अभियानको रुपमा अघि सार्ने पनि घोषणा गरेको छ ।
नेपालको होटल, रेष्टुरेन्ट लगायत पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको आय अवस्थालाई सुधार गर्न भन्दै २०६३ सालमा होटल सङ्घ र तत्कालीन ट्रेड युनियनहरू बिच सम्झौता भई १० प्रतिशत सेवा शुल्क लिने गरिएको थियो । तर २०७९ माघ ११ गते सर्वोच्च अदालतले परमादेशबाट श्रमिकको सेवा शुल्क १० प्रतिशत रहने व्यवस्था नै खारेज गरिदिएको थियो।
उक्त सेवाशुल्क खारेज हुँदा होटल, रेष्टुरेन्ट लगायत पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको स्वदेशमा रोजगारी गरी सामान्य जीवन जिउन सक्ने अवस्था नै नरहेको भन्दै पुनः सेवा शुल्क पाउने व्यवस्था गर्न माग गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar