खोटाङ – खोटाङमा पहिरोले धानबाली सहितको खेत बगाएपछि कृषक चिन्तित भएका छन् ।
गत साउन १६ र १७ गतेको वर्षापछि गएको पहिरोले धानबाली सहितको खेत बगाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका – ४ खाल्लेका कृषक चिन्तित भएका हुन् । पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धान सहितको १५ – १५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए । उनको खेतको माथिल्लो भागदेखि नै पहिरो गएको छ ।
‘पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको र अहिलेपनि पहिरोका कारण खेत बग्ने क्रम जारी रहेको उनीहरूले बताएका छन् । पहिरोले त्यहाँको केही घरहरू समेत जोखिममा परेको वडाध्यक्ष खगेन्द्र राईले बताएका छन् । उनका अनुसार पहिरोका कारण त्यहाँको खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar