काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पूर्व उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र प्रसाद पाण्डेले प्रतिनिधि सभाबाट पारित भएको टीआरसी विधेयक ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।
आज बिहीबार एक विज्ञप्ति जारी गर्दै पाण्डेले २०६३ मंसिर ५ गते सम्पन्न वृहत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको अवस्थामा शान्ति प्रकृयालाई पूर्णता दिने गरी कानुन निर्माण भई पीडित पक्षले परिपूरण र क्षतिपुर्ती सहित न्याय पाउने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न हुने अवस्था सृजना भएको बताएका हुन् । पाण्डेले यस कार्य ऐतिहासिक उपलब्धि रहेको पनि बताएका छन् ।
पाण्डेको विज्ञप्तिमा भनिएको छ “बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१” को तेश्रो संशोधन विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ । २०६३ मंसिर ५ गते सम्पन्न वृहत शान्ति सम्झौता भएको १८ वर्ष पुगेको अवस्थामा शान्ति प्रकृयालाई पूर्णता दिने गरी कानुन निर्माण भई पीडित पक्षले परिपूरण र क्षतिपुर्ती सहित न्याय पाउने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न हुने अवस्था सृजना भएको छ । यो ऐतिहासिक उपलब्धि हो ।
शान्ति प्रकृयालाई सुरु देखि अन्त्यसम्म सफलता पूर्वक पूर्णता दिने काममा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वर्तमान अध्यक्ष माननीय माधव कुमार नेपालको महत्वपूर्ण भूमिका थियो भत्रे कुरा सबैका लागि जानकारी पनि गराउन चाहन्छु । शान्ति प्रकृयाका पूर्णता दिने गरी भएको यस कार्यका लागि योगदान दिने सबै प्रति आभार व्यक्त गर्दछु ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar