काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले आफूमाथि नेकपा एमालेको अनुशासन आयोगले कारबाही सिफारिस नै नगरेको बताएका छन् ।
गत गते शुभयुग डट कम लगायत बिभिन्न मिडियामा प्रकाशित ‘एमाले कर्णाली प्रदेश अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारबाही गर्न सिफारिस‘ शीर्षकमा समाचारप्रति खण्डन गर्दै केन्द्रिय सदस्य महरले अनुशासन आयोगका उपाध्यक्ष (नेत्रप्रसाद पन्थी) को भनाइलाई आधार मान्दै कारबाही सिफारिस नभएको बताएका हुन् । महरले आफूसँग नाम जोडिएको ती महिलाले पार्टी अध्यक्ष (केपी शर्मा ओली) लाई भेटेरै सार्वजनिक रुपमा उठेका विषयबारे प्रष्ट पारिसकेको बताएका छन् ।
‘उक्त विषय निज महिला स्वयंले पार्टी अध्यक्षलाई भेटी मिडियामा उठेका वा कोही कसैमार्फत आरोप लगाएका विषय कपोलकल्पित, भ्रामक, असत्य हुन् भनी स्पष्ट पारेको र पार्टीले पनि यो विषयमा मलाई निर्दोष साबित गर्दै निरुपण गरिसकेको अवस्था हो’, समाचारको खण्डन गर्दै महरले उल्लेख गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar