• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

१ घण्टा अघि
२

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

१ घण्टा अघि
३

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

३ घण्टा अघि
४

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

५ घण्टा अघि
५

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

५ घण्टा अघि
६

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

६ घण्टा अघि
७

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

७ घण्टा अघि
८

सकियो ‘पिआर’को छायांकन

७ घण्टा अघि
९

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

७ घण्टा अघि
१०

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

८ घण्टा अघि
११

जहाज कुरेर बसेको चौरजहारी विमानस्थल : सर्वसाधारणका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’

८ घण्टा अघि
१२

ह्वात्तै घट्यो सुनको मूल्य : आज कतिमा कारोवार

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ७ घण्टा अघि
  • झठटछ १०

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • prev
    next

    साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • २७२ पाठक संख्या
  • bujikalaiaka

    काठमाडौं – विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ ।

    जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ ।नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय ७ सर्किट किलोमिटर पुगेको हो ।

    कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी ४ हजार १ सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी ५ सय १४ सर्किट किलोमिटर छ । ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ । आव २०७२/७३ सम्ममा २ हजार ९ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो ।

    आव २०७३/७४मा ३ हजार ३ सय ६४,आव २०७४/७५मा ३ हजार ५ सय ३८, २०७५/७६मा ३ हजार ९ सय ९० र आव २०७६/७७ मा ४ हजार २ सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो । त्यस्तै, २०७७/७८मा ४ हजार ८ सय ७४, २०७८/७९ मा ५ हजार ३ सय २९ र २०७९/८०मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो ।

    ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ । आव २०७२/७३मा २ हजार २ सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसनहरु रहेका छन् ।

    प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन् । प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरुबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताए । ‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झण्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ, १३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ ।’

    घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म ४०० केभी प्रसारण लाइन र देशका प्रमुख लोड सेन्टरहरु भएर जाने दक्षिण करिडोर प्रसारण लाइनका लागि विभिन्न दातृ निकायहरुबाट लगानी सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।

    देशका प्रमुख शहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएकाो उनले उल्लेख गरे ।

    भारतसँगको विद्युत व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणाधीन छ । यता नेपाल–भारतबीचको विद्युत आयात निर्यातका लागि आठ वर्ष अघि करिब ३५० मेगावाट विद्युत प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको छ ।

    इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा छन् । साथै, नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको विद्युत्व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणीसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

    यसरी, सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको छ । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुङ प्रसारण लाइन अगाडि बढाइएको छ ।

    विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन वितरणतर्फपनि ठूलो लगानी परिचालन गरिएको छ । ग्रिड सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत पुर्याउन ३३ तथा ११ केभी र ४०० भोल्टका वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ ।

    आव २०७२/७३सम्ममा वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो । त्यतिवेला ५८ प्रतिशत विद्युतीकरण थियो भने हाल ९९ प्रतिशत पुगेको छ । कुल वितरण लाइनमध्ये सबैभन्दा बढी ४०० भोल्टको वितरण लाइन १ लाख ५० हजार सर्किट किलोमिटर रहेको छ ।

    वितरणतर्फको सबस्टेसनको क्षमता २ हजार ५ सय एमभिए पुगेको छ । वितरण सबस्टेसनको सङ्ख्या १ सय ९६ वटा छ । आठ वर्षअघि सबस्टेसनको सङ्ख्या ८० वटा मात्र थियो । क्षमता ६ सय ४० एमभिए मात्र थियो ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

  • सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

  • काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग


  • समाचार
  • १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    १ घण्टा अघि

  • २

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    १ घण्टा अघि

  • ३

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    ३ घण्टा अघि

  • ४

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    ५ घण्टा अघि

  • ५

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    ५ घण्टा अघि

  • ६

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    ६ घण्टा अघि

  • ७

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    ७ घण्टा अघि

  • ८

    सकियो ‘पिआर’को छायांकन
    ७ घण्टा अघि

  • ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण
    ७ घण्टा अघि

  • १०

    रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution