जुरिच – चर्चित अनुहारहरू क्यामेराका अगाडि परेपछि प्रायः धेरैजसो चर्चाको केन्द्रमा पुग्छन् । कहिले उनीहरूको चर्चा शिखरमा पुग्छ त कहिले आलोचनाले मन भारी बनाउँछ । यस्तै परेको छ, बलिउड अभिनेता शाहरूख खानलाई । शाहरूख यतिबेला स्विट्जरल्यान्डमा छन् । विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा लाइभ अचिभमेन्ट अवार्ड ग्रहण गर्न उनी त्यहाँ पुगेका हुन् । उनलाई आइतबार उक्त अवार्ड पनि ग्रहण गरिसके ।
अवार्ड ग्रहण गरेको खुसीयाली साट्ने क्रममा गरेको गल्तीले भने उनी अहिले ‘ट्रोल’को सिकार बनेका छन् । फिल्म फेस्टिभलमा तस्बिर खिचाउने क्रममा शाहरूखले एक वृद्धमाथि गरेको व्यवहारको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडिओमा शाहरूखले १ जना वृद्ध उमेरका पुरुषलाई धकेलेको देखिन्छ । तस्बिर खिचाउने क्रममा ती पुरुष उनी नजिक आइपुगेका हुन्छन् । तर, शाहरूख भने उनको पेटमा थोरै धक्का दिएर पन्छाउन खोज्छन् र आफू एक्लै फोटो खिचाउँछन् ।शाहरूखले गरेको गल्तीको सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । शाहरूखको बलिउडमा राम्रो व्यवहार गर्ने व्यक्तिको छवी छ । फ्यान होस् वा आफूभन्दा पाका व्यक्ति, यसअघि सबैलाई आदर गर्ने उनको स्वभाव थियो ।
उनको यही स्वभावको बारेमा बलिउडमा व्यापक चर्चा पनि हुन्थ्यो । आफूभन्दा ठूलालाई देख्ने बित्तिकै शिर निहु¥याएर शाहरूखले आदर गरेको भिडिओ यसअघि धेरै भाइरल बन्ने गर्थे । स्विट्जरल्यान्डमा उनले जानेर वा अनजानमा गरे, त्यसले उनलाई विवादको घेरामा भने तानेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar