पर्सा – प्रतिबन्धित लागुऔषधसहित ३ दिनअघि पक्राउ परेका एक दम्पतीलाई पर्सा प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँ नजिकैबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दम्पतीलाई जिल्ला प्रहरी कार्यालय पर्साले ३ दिनपछि सार्वजनिक गरेको हो ।
भारतीय सहर रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनीहरूको साथमा रहेको कालो जेब्रा झोलाबाट नाइट्रोभेट–१० लेखिएको २९४ पिस ट्याब्लेट प्रहरीचौकी इनर्वाबाट खटिएको टोलीले बरामद गरेको थियो ।
बरामद भएको प्रतिबन्धित औषधिसहित बारा कोल्हवी नगरपालिका–७ निवासी २१ वर्षीय अनिल पौडेल र उनकी श्रीमती २० वर्षीया प्रेरणा पौडेललाई शुक्रबार अपरान्ह साढे ३ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक भारतीले बताए ।
उनीहरूलाई प्रहरी हिरासतमा राखेर लागुऔषध ओसारपोसार मुद्दामा अदालतबाट म्याद थप गराई घटनाबारे थप अनुसन्धान सुरु गरिएको डिएसपी भारतीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar