रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका – ६ स्थित तल्लोबजारमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।
आज (आइतबार) चन्द्रनिगाहपुर – गौर सडक खण्डस्थित चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश – ०३ – ०३३ प ३३०१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटना हुँदा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाईते भएका छन् । दुर्घटनामा जवान यादव गम्भीर घाईते थिए । उनलाई तत्कालै चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी गुल्म बारा दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट लँगडा चोक बारामा कार्यरत प्रहरी जवान यादव कार्यालयको काम विशेषले रौतहट आएको बेला दुर्घटनामा परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar