काठमाडौं – गर्मीमा लस्सीको धेरै माग हुन्छ । लस्सी नै धेरै थरीका हुन्छन् ।
स्विट कर्डमा जुनसुकै फ्लेबर फ्रुट वा ड्राइफ्रुट हालेर ब्लेन्ड गरेपछि लस्सी बन्छ । स्ट्रबेरी लस्सी, केरा लस्सी, म्यांगो लस्सी, पपैया लस्सी, ड्रागनफ्रुट लस्सी, एभोकाडोे लस्सी, किवी लस्सीलगायत स्वादका लस्सी धेरैको रोजाइमा पर्छ ।
म्यांगो लस्सी : यो लस्सी बनाउन पाकेको ठूलो एक दाना आँपको बोक्रा र कोया हटाई ब्लेन्डरमा राख्ने । एक चम्चा मह, आधा–आधा कप चिल दही र दूध हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
एभोकाडो लस्सी : यो लस्सी बनाउन पाकेको एउटा ठूलो खालको घिउफल लिएर बोक्रा र दाना निकालेर उमालेर चिसो भएको आधा लिटर दूध हाल्ने र साथमा भिजाएको सात गेडा आल्मन्ड मिसाउने । थोरै आइस र दुई चम्चा मह र दुई चम्चा कगतीको रस हालेर ब्लेन्ड गरी सर्भ गर्न सकिन्छ ।
किवी लस्सी : यो लस्सी बनाउनु छ भने ग्रिक योगहर्ट उत्तम हुन्छ । एक कप कर्डमा दुईवटा किवी ताछेर हाल्ने र एक चम्चा मह, दुई मुन्टा पुदिना हाली ब्लेन्ड गरी अन्तमा थोरै भेनिला एसेन्स, कार्डमम एसेन्स ड्रप गरी चलाएर सर्भ गर्ने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar