काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार गर्न र उत्पादन थप वृद्धि गर्न विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको बताएका छन् ।
कृषि विभागले ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार गर्न र उत्पादन थप वृद्धि गर्न विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको बताउँदै आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका हुन् ।
समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न पनि निर्देशन दिए। कृषकका समस्या समाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’ उनले भने ।
मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा पनि जोड दिए । ‘विभिन्न बाली तथा पशुमा देखापरेका रोगको उपचार गर्न स्थानीय कृषि शाखा प्रमुख सक्रिय रूपमा किसानसँग जोडिरहनुपर्छ ।’ उनले भने ।
मन्त्री अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने पनि बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar