काठमाडौं – नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका छन् । प्राध्यापक युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका द डेली स्टारले जनाएको छ ।
‘सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।’ युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ ।
युनुसलाई विद्यार्थीले गरेको आग्रह भन्दै डेली स्टार अगाडि लेखेको छ, ‘यस आन्दोलनमा धेरै मान्छेले ज्यान गुमाएका छन् जसमा विद्यार्थी र सर्वसाधारण छन् । अब बंगलादेशलाई ठीक ढंगले चलाउने अवसर आएको छ । र, यो तबमात्र सम्भव छ जब तपाईंले जिम्मेवारी लिनुहुन्छ । त्यही भएर पनि हामीले तपाईंलाई जिम्मेवारी लिन आग्रह गरेका हौँ ।’
युनुस यतिबेला विदेशमा छन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका उनले उपचार गर्ने भनेपछि विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश ‘स्वतन्त्र’ भएको टिप्पणी गरेका थिए ।
भारतीय सञ्चारमाध्यम द प्रिन्टसँगको कुराकानीमा उनले ‘हसिनाको कब्जामा रहेको मुलुक स्वतन्त्र भएको’ टिप्पणी गरेका थिए । हसिनाले आफ्नै बुवा बंगबन्धु शेख मुजिबुर रहमानको ‘विरासत ध्वस्त पार्ने काम गरेको’ युनुसको आरोप छ । हसिनाको सरकारले युनुसलाई १९० भन्दा बढी आरोप लगाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar