गुल्मी – गुल्मीमा पहिरोले घर पुरिंदा चार जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका मुना विक र बिष्णु विकको उद्धार गरिएको छ। मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar