काठमाडौ – काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दोस्रो सेमिफाइनलमा नेपाल र क्ष्रानको भिडन्त हुने भएको छ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग आज सेमिफाइनलमा भिड्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज हुने दोस्रो सेमिफाइनल खेल साँझ ५ः१५ बजे सुरु हुनेछ । नेपाल इरानसँग लिग चरणमा भोगेको हारको बदला लिने दाउमा रहने छ ।
आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा हारेको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको हो । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोर्याउने प्रयासमा हुनेछ ।
आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ । तेस्रो जितसँगै भारत १० अंक सहित शीर्ष स्थानमा रहेको छ । ९ अंकसहित नेपाल दोस्रो र ७ अंक भएको इरान तेस्रो स्थानमा छ । ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ ।
अंंकबिहिन मालदिभ्स पाँचौँ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ । त्यस्तै सोमबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । उक्त खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।
नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । नेपालले यसअघि श्रीलंका र भारतलाई हराएको थियो भने इरानसँग हारेको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै आज हुने सेमिफाइनलमा इरानलाई हराउनेमा विश्वास व्यक्त गरे । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar