काठमाडौं – लामो समयदेखि सञ्चारकर्ममा आबद्ध र गायनमा समेत सक्रिय रहेकी गायिका शोभा त्रिपाठीले आउँदै गरेको हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कोसेली स्वरूप ‘सँइले झुक्यायो मज्जैले’ बोलको गीत ल्याएकी छन् ।
केही दिनअघि उनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रचना र संगीत रहेको यस गीतमा महेन्द्र भण्डारीले एरेन्ज गरेका हुन् भने गायिका शोभालाई नरेश रेग्मीले आवाजमा साथ दिएका छन् ।
विशेष गरी आफू लोक क्षेत्रलाई नै लक्षित गर्दै टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्दै र तीजका गीतहरू पनि पस्कँदै आइरहेको सन्दर्भमा यसपटक पनि कोसेली स्वरूप केही फरकपनको गीत लिएर आएको गायिका त्रिपाठीले बताइन् । हिन्दू नारीहरूको महान् पर्व मानिने तीजमा विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका विभिन्न अनुभूतिलाई गीतमार्फत प्रस्तुत गरिएको उनले सुनाइन् ।
साथीसंगी एकै ठाउँमा जम्मा भएर आफ्ना माइतीहरूलाई सुनाउने र आफूलाई मन परेका जोडीहरूले श्रीमान–श्रीमतीले समेत एकअर्काको प्रशंसा गर्दै आफ्नो मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको उल्लेख गर्दै गायिका शोभाले ती परम्परा भुल्न नहुनेमा जोड दिइन् ।
उनको पछिल्लो समय बजारमा आएको यस ‘सँइले झुक्यायो मज्जैले’ गीतको भिडियोमा बिक्रम चौहानले गीतको कथा–नृत्य निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका हुन् । मिलन विश्वकर्माले सम्पादन गरेको उक्त गीतको भिडियोमा गायिका शोभा त्रिपाठी आफैँले अभिनय गरेकी छन् भने उनलाई रमेश विश्वकर्माले साथ दिएका छन् ।
विगतदेखि आफ्नो स्वर र म्युजिक भिडियोमा समेत अभिनयसँगै विभिन्न मेला महोत्सवमा प्रस्तोताको भूमिका निभाउँदै आएकी गायिका शोभाले यस अघिका थुप्रै गीतहरू बजारमा उपलब्ध रहेको र ती गीतहरूबाट प्रशंसा पाइरहेको बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar