धादिङ – धादिङमा गुडिरहेको बालेन सिटी लेखिएको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।
सोमबार बिहान, गजुरी – ५ जरेखोला नजिकै सदरमुकाम धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१ – ००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमाथी रुख खसेको थियो ।
सडकमा पहिरो छिचोल्ने क्रममा पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा ७ जना घाईते भएका र उनिहरुको गजुरी अस्पतालमा उपचार भइृरहेको छ ।
अहिले अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar