काठमाडौं – प्रभु बैंक बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषयमा बैंकद्वारा गठित छानबिन समितिले मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली भएको बताएको छ ।
आईतवार बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कटवालले जारी गरेको विज्ञप्तिमा, अनुसन्धानका क्रममा मन्जुकुमारी नेपालले आधिकारिक रूपमा आफ्नो बैंकमा रकम जम्मा गरेको नदेखिएको बताईएको छ । सो सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाई सकिएको कटुवालले बताएका छन् । आवश्यक छानबिन तथा प्रचलित कानुनबमोजिमको कारबाईपश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागेर दोषीउपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको उनले उल्लेख गरे।
बिर्तामोड – ५ स्थित मम फ्याक्ट्रीका सञ्चालकसमेत रहेकी नेपालका श्रीमान् टीकाराम नेतीले पत्रकार सम्मेलन गर्दै आफ्नी श्रीमती मन्जुकुमारीले पटक – पटक फरक – फरक मितिमा १ करोड १९ लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरेको तर खातामा २ लाख मात्र देखिएको बताएका थिए ।
प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरिएको दाबी गरेका थिए । नेतीले बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरेको दाबी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar