बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९ पैसा छ । प्रतिसेयर आम्दानी पहिले २३ रुपैयाँ ६७ पैसा थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २६ पैसा छ । बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १.१८ प्रतिशत रहेकोमा अहिले १.०७ प्रतिशत छ । त्यस्तै सीडी रेसियो ८३ प्रतिशत छ । यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ ।
त्यस्तै आधार कर ७.६३ प्रतिशतमा झरेको छ । अघिल्लो पटक यस्तो आधार दर ९.५२ प्रतिशत थियो । २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषको आकार २८ अर्ब ६५ करोड छ ।
बैंकको मुख्य बिजनेस कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको छ । बैंकले असार मसान्तसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।