२०८१ कार्तिक ६, मंगलबार
काठमाडौं – सुनको मूल्य हालसम्मकै महंगो भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज एक सयले बढेको हो । बिहीबार प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar