काठमाडौँ – उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिएकी छन् । भारतको नयाँ दिल्लीमा आयोजित उर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।
उनले जलवायु सम्बन्धी गतिविधिहरूमा लगानी गर्ने बिषयमा सरकारहरूको भूमिकाको बारम्बार छलफल भइरहेको तर संसदहरूको भूमिका बढाउनका लागि पनि सबैले ध्यान केन्द्रित गर्न आग्रह पनि गरे । ‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशका कार्यकारीहरूलाई जवाफदेही बनाउने क्षमता राख्छन् ।’, उनले भने ‘संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि भूमिका खेल्न सक्छन् ।’
उनले भनिन्, ‘जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउँदै उपसभामुख रानाले यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्नुपर्छ ।’ ग्लोबल साउथले सौर्य, हावा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोगका लागि वकालत गरिरहेको चर्चा गर्दै कृषिमा निर्भर जनसंख्यालाई त्यसको असर पर्नबाट जोगाउन सोही अनुसारको कार्यक्रम कार्यान्वयनका लागि जोड पनि दिए ।
उनले भनिन्, ‘हरितगृह ग्यास उत्सर्जन घटाउन र ग्लोबल साउथमा सबैभन्दा कमजोर समुदायहरूलाई सहयोग गर्न प्रभावकारी विश्वव्यापी सहयोग आवश्यक छ । यी आवश्यकताहरूलाई व्यापक र समावेशी रूपमा सम्बोधन गरेर, हामी जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न सक्छौं ।’
कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले पेट्रोलियम पदार्थको बढ्दो प्रयोग र शहरी फोहोर प्रशोधन नहुँदा नेपालले आर्थिक र पर्यावरणीय संकट बेहोर्न बाध्य भएको धारणा राखेकी थिइन् । पेट्रोलियम पदार्थको आयात बढेको तथा पर्याप्त मात्रामा शहरी फोहोर व्यवस्थापन गर्न नसक्दा नेपालले आर्थिक र पर्यावरणीय संकटको सामना गरिरहेको धारणा राखेकी थिइन् ।
उनले नेपालका धेरै जसो नगरपालिकाले फोहोर प्रशोधन गर्न नसकेको चर्चा गर्दै जैविक फोहोर प्रशोधनबाट उर्जा उत्पादन गर्ने हो भने नेपालले ऊर्जामा आत्मनिर्भरता बढाउन र कार्बन उत्सर्जन घटाउन सक्छ भनिन् । ‘जैविक फोहोर प्रशोधन गर्दा एलपी ग्याँस र रासायनिक मलमा निर्भरता घटाउन सक्छ’ उनको भनाई थियो ।
उनले ग्रामिणबस्तीहरुमा साँघुरा झुपडीहरूमा भान्सामा प्रयोग भएको काठको धुवाँका कारण उनीहरुको स्वास्थ्यमा पनि ठूलो असर पारेको चर्चा गर्दै बिद्युतको पहुँच पुगेको ठाउँमा बिद्युतीय चुल्होको प्रयोग बढाउन आग्रह गरिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar