काठमाडौँ – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ–तिहारको अवसरमा सञ्चालन गरेको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । ३१ असारमा नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुनसरीका इन्द्रप्रसाद गुरागाईं बम्पर उपहार विजेता घोषणा भएको कम्पनीले जनाएको छ ।
बम्पर उपहार विजेता बनेका गुरागाईंलाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्स्टर कार हस्तान्तरण गरेका हुन् । उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र १ वर्षका लागि निःशुल्क बिमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाई एक्स्टर जिने मौका थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar