काठमाडाैं – सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभामा पत्र पठाइसकेका छन् । सोहीअनुसार आज बस्ने प्रदेशसभाबाट उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिन लागे पनि उनी नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिएको छ । केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलको प्रभाव प्रदेशमा पर्दा सोडारी नेतृत्वको सरकार संकटमा परेको हो ।
एमालेले सोडारीलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी नेतृत्वको सरकार २० असारमा अल्पमतमा परेको हो । उनलाई अब आफ्नो पार्टी एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० (सभामुखबाहेक) को मात्र समर्थन छ । त्यस्तै एक जना स्वतन्त्र सांसदको समर्थन पनि उनले पाउने सम्भावना देखिएको छ ।
यसरी हेर्दा अहिलेसम्म उनको पक्षमा जम्मा १५ सांसद पुग्न सक्ने छन् । तर, ५३ सांसद रहेको प्रदेशसभामा उनले विश्वासको मत पाउन कम्तिमा २७ सांसदको आवश्यकता पर्दछ । यता कांग्रेसका १८ र एमालेका ११ सांसद भने उनको विपक्षमा देखिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar