काठमाडौं – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकितामा राख्ने बताएका छन् ।
बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै मन्त्री चौधरीले भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् । ‘अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ’ मन्त्री चौधरीले भने । उनले यसका लागि आफूले स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए ।
यस्तै उनले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए । ‘मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन ।तर यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ। म यसका लागि पहल गरिरहेको छु’ उनले भने ।
भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे । उनले भने, ‘भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको छु।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar