काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज बिहीबार छापावाल सुन बढेर तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर कारोबार भएको हो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८०० रुपैयाँ कायम भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar