काठमाडौं – नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
आज बुधबार ११ बजेपछि बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताईएको छ । आजको बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । सकभर आजै नभए भोलीसम्ममा केन्द्रिय सदस्यहरुको नामावली टुङ्ग्याईने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
२९९ सदस्यीय केन्द्रीय कमिटी बनाईने भनेपछी आकाङ्क्षी धेरै भएपछि पूर्णता दिन नेताहरूलाई सकस भएको खतिवडाले बताए । विधानमा १० प्रतिशत सदस्य थप्न सकिने व्यवस्था भएकाले त्यसबारे समेत आजको बैठकमा छलफल हुनेछ ।
गत असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले अहिलेसम्म पूर्णता दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar