काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बुधबार बाँडफाँट भएको छ ।
कुमारी क्यापिटलले नागपोखरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो । एफपीओमा रितपूर्वक आवेदन दिएका १५ लाख ६३ हजार ३२२ आवेदकमध्ये ४ हजार ६७२ जनाले सेयर पाएका छन् । तीमध्ये ९ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका हुन् ।
बाँकी १५ लाख ५८ हजार ६५० को हात रित्तो भएको छ । १ हजार १०१ आवेदन रद्द भएका थिए । एफपीओको नतिजा केही बेरपछि आईपीओरिजल्ट डट सीडीएससीमा हेर्न सकिनेछ । सर्वसाधारणका लागि कम्पनीले साउन ४ देखि एफपीओ जारी गरेको थियो । सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी भएको हो ।
अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गरेको थियो । कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar