• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ १०, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

९ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१० घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१० घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सेवा प्रवाहलाई प्रभावकारी बनाउनु

    न्युज डेस्कप्रकाशित मिति: २०८१ श्रावण १६, बुधबार (९ महिना अघि)
  • ५८४ पाठक संख्या
  • kp oli fayer

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उनले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य गरिनुपर्ने बताए ।

    ‘कर्मचारी सेवा गर्न बसेको हो, शासन गर्न बसेको होइन, हामीले जनतासँग नरम व्यवहार गरेर सेवा दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नागरिक एप्सका माध्यमबाट पनि सेवा व्यवहारिक र प्रभावकारी बनाउन सकिन्छ, त्यसैले कुनै पनि नागरिकले सहजरूपमा सेवा पाउनुपर्छ, दुःखीगरीबलाई मान्छे नै नगन्ने प्रवृत्ति राख्नु हुँदैन, यसमा सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँछु ।’

    ललितपुरको एक कार्यालयको उदाहरण दिदैँ प्रधानमन्त्री ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद् भएको बताए । उनले सरकारबाट जनता निराश हुनुपर्ने यस्तो खालको रवैया अन्त्य गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले भने, ‘ढुक्कसँग काम गर्नुस्, यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ ।’ उनले राज्यका निकायले तलव दिइएकाले बैठक आदिको भत्ता लिनु उचित नहुने बताए ।

    ‘मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी छन्, आर्थिक अवस्था राम्रो छैन, हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनुछ, दिनभरी काम नगर्ने, पाँच बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब त्यस्तो नगर्नु’, प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकको स्थायित्व, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको कार्यभार लिएर अघि बढेको बताए । नयाँ कामभन्दा पनि हाल थालिएका काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान हुनुपर्ने उनको भनाइ थियो । सरकारले जलविद्युत्को विकास र उपयोगमा ध्यान दिई इन्धन आयातका लागि खर्चने अर्बौं रकम बचाउने योजनामा जानुपर्ने प्रधानमन्त्रीले खाँचो औँल्याए ।

    ‘इजरायल र मलेसियाले समुद्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको छ, हामीले सगरमाथाको पानीलाई किन ब्रान्डिङ नगर्ने ?’ भनी प्रश्न गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कुरामा ढिलासुस्ती नगर्न र समन्वय बढाउन निर्देशन दिए । उनले भने, ‘प्रम्ट रेस्पोन्स गरिनुपर्छ, सेवा लिने नागरिकले कति टाढादेखि खर्च गरेर सरकारी कार्यालयमा आएको हुन्छ, उसको हुने काम बिना झञ्झट गरिनुपर्छ ।’ उहाँले अनावश्यक समिति र संरचना नबनाई कामको परिणाम देखिनेगरी देश र जनताका लागि समर्पित भएकार काम गर्ने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठीक समयमा गरेर पूर्णरूपमा काम गर्ने पद्धतिमा जानुपर्ने, आदेशका भरमाभन्दा कानुनबमोजिम आफैले जिम्मा लिएर काम गर्न आग्रह गरे । उनले सरकार दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा रहेको र गरिबीको अन्त्यको मुख्य निसाना हुनुपर्नेमा जोड दिए ।

    सम्पति शुद्धीकरणका जटिलताहरू रहेको, आफ्नै सम्पति बिक्री गर्दा पनि स्रोत देखाउनुपर्नेजस्ता स्थितिहरू छन्’ भन्दै प्रधानमन्त्री ओलीले यस्ता अन्योल र प्राविधिक पक्षहरूलाई व्यवस्थित गर्नुपर्ने बताए ।

    ‘काम गर्नका लागि बजेटको अभाव भन्ने कुरा आएको छ, वास्तविकता के छ ? नियमित बजेट खर्च हुने तर विकास खर्च कम हुने स्थिति देखिएको छ, जनतालाई डेलिभरी दिने विकासले हो, त्यसैले पर्याप्त पुँजीगत खर्च गरेर जानुपर्छ, सेवाग्राहीले निवेदन दिए बित्तिकै काम थाल्ने र निर्णय छिटो दिने पद्धतिमा जानुपर्छ, फाइल रोकेर राख्न मिल्दैन’, उनले भने ।

    ‘किसानलाई समयमै भुक्तानी दिनु’

    प्रधानमन्त्री ओलीले बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन, समयमा भुक्तानी नदिँदा ऋण लिएर लगानी गरेकाहरू मर्कामा पर्ने र यसरी कृषिको आधुनिककरणमा पुग्न नसकिने बताए ।

    निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने तरिका गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले सम्पन्न भइसकेका कामको रकम निकासा रोकिन नहुने बताए । उनले भने, ‘हामी आर्थिक अनुशासनलाई पालना गरौँ, रुजु हुनेगरी काम गरौँ, अनुदानका रकमको व्यवस्थित वितरण गरौँ, व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नुपर्छ तर व्यक्तिगतरूपमा दिइने कृषि अनुदान आदिका रकमको दुरुपयोग भएको छ, अनुगमन गरौँ ।’

    करका दरहरू विस्तार गर्ने कुरामा उत्साहित नहुन आग्रह गर्दै उनले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह दिएकाले यसलाई काम राखेर बजारलाई चलायमान हुनेगरी जानुपर्नेमा जोड दिए ।

    धरहरा चाडो सञ्चालन ल्याउन निर्देशन

    प्रधानमन्त्री ओलीले बनिसकेको धरहरालाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिए । ‘धरहरा बनिसकेको छ, पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन’, उनले भने, ‘पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ, ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए, यसको पुनःनिर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन्, कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु ।’

    सरकारको कार्यकाल सय दिनसम्म पुग्दा मन्त्रीहरूले अरुको आलोचना नगरी आफ्नो कामलाई ध्यान दिन आग्रह गर्दै उनले हरेक मन्त्रालयले सय दिनभित्र तालिका बनाएर देखिने खालका आकर्षक प्रतिवेदन दिने काम गर्न आग्रह गरे ।

    ‘रेल र पानीजहाज चलाउने योजना छ’

    प्रधानमन्त्री ओलीले प्राथमिकताप्राप्त आयोजनाहरूका काम वर्षौँसम्म नसिकने स्थितिको अन्त्य गरिनुपर्ने बताए । उनले भने, ‘हामीले सगरमाथा संवाद गर्छौँ, त्यसको तयारीमा लागौँ, मैले एक अन्तर्राष्ट्रिय पुरस्कार पाएको रकम सरकारलाई दिएर र थप बजेट विनियोजन गरेर सुरु भएको राष्ट्रिय प्रतिभा पुरस्कार किन नियमित भएन ? नियमित होस्, प्रतिभालाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले हवाइ र सवारी दुर्घटनाका घटनाहरू बढिरहेको भन्दै राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरू लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुनेगरी डिजाइन गरिनुपर्ने बताए । उनले भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ, रेलका लागि जनताको माग छ, हाम्रो प्राथमिकता यसमा रहनेछ ।’

    प्रधानमन्त्री ओलीले जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्न सक्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई साथ लिएर व्यवसायीका गुनासा सम्बोधन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

  • subhayug
  • केपी शर्मा ओली
  • प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

  • किम्फ चलचित्र महोत्सव जेठमा

  • अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    ९ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १० घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १० घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution