काठमाडौं – निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दर्ता गराएका छन् ।
संसदीय सुनुवाइ समितिले आफुलाई अस्वीकृत गर्ने लगभग निश्चित भएको सुँईको पाएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको श्रोतले बताएको छ । प्रधानले स्वयम् सचिवालयमा उपस्थित भई आफ्नो नाम फिर्ता लिन निवेदन दर्ता गराएका हुन् ।
प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा उजुरी परेको थियो । समितिमा प्रधानको सुनुवाइ सकिइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar