काठमाडौं । राष्ट्रिय लोक सञ्चारकमी नेपालले तीजका नाममा विकृतिजन्य गीतहरु सृजना गरेर बजारमा ल्याउने कलाकारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार बसेको लोक सञ्चारकर्मी नेपालको केन्द्रीय बैठकले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए । बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएकोप्रति ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो । सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले बताए । बैठकले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रमाथि क्षति पुग्ने जनाएको छ ।
सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्युजिक भिडियो कलाकार संघ नेपाललाई बोदार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरुलाई विकृति ल्याउने गीतहरुलाई प्रचार प्रसार नगरिदिन अनुरोध समेत गरेको छ ।
सार्वजनिक विज्ञप्तिमा यस्ता विकृतिजन्य गीतहरू सृजना गर्ने केही कलाकारहरूको नामसमेत उल्लेख गरिएको छ । साथै, अध्यक्ष गौतमले यस्ता गीतहरुले सिंगो राज्यको मानमर्दन गिर्नुका साथै र मौलिक सृजनामाथि बलात्कारको रूप लिएको बताए ।
सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar