काठमाडौँ – ‘मिसेस नेपाल वल्र्ड २०२४’ घोषणा भएको छ । बिहीबार कमलादीस्थित २५६ फिट उचाइको २२औँ तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले ‘मिसेस नेपाल वल्र्ड’को नयाँ सेसनका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको ‘मिसेस नेपाल वल्र्ड २०२४’ आगामी १० कात्तिकमा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताए ।
यसका लागि आगामी ८ भदौमा नयाँ बानेश्वस्थित अर्याल इन्टरनेसनल होटलमा पहिलो चरणको अडिसन गरिने झाले जानकारी दिए । ‘यसपटक हामी केही परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ । जुन, महिला सशक्तीकरणका लागि उपलब्धिमूलक कार्यक्रम सावित हुनेछ’, उनले भने ।कार्यक्रममा ‘मिसेस नेपाल वल्र्ड २०२३’ तथा ‘मिसेस वल्र्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३’ विजेता पृथ्वीया थापाले यस प्रतियोगिताले विवाहित र विभिन्न पेसामा आबद्ध महिलालाई थप माथि उठ्ने मौका दिने बताइन् । उनले मिसेस नेपाल वल्र्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव सेयर गर्दै मिसेस नेपाल वल्र्डमा सहभागी भएपश्चात् आफूले विभिन्न संघसंस्थामा आबद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् ।
त्यस्तै एमएस नेपाल २०२३ सीता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताइन् । प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वल्र्डलाई यसपटक बृहत् ढंगले आयोजना गर्न लागेको बताए । ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वल्र्डको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौँ । नेपाली समुदाय र संघ संस्थाहरूसँग समन्वय र सहज वातावरण तय गर्नका लागि म केही समय अमेरिका गएर हालै फर्किएको छु । त्यस आधारमा मिसेस वल्र्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’, उनले भने ।
प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरी, डब्बु क्षेत्री, स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ । सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरूले प्रशिक्षण दिनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar