काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेका लुम्बिनी संसदीय दलका उपनेता समेत रहेका चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि कांग्रेस–एमालेबीच संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन भएको बताए ।
केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोही अनुसार मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जाने तयारीमा रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar