काठमाडौं – कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । उक्त प्रदेश सरकारमा सहभागी माओवादी चार मन्त्रीहले राजीनामा दिएका छन् । सोमबारर पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका उनीहरूले सोमबार नै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएको बताइएकोे छ ।
मन्त्रीहरुले राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेका थिए । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।
केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् । यी चारजना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar