काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेको बताएकी छन्।
उनले अनेक त्याग गरेर यहाँसम्म आइपुगेको व्यक्तिलाई मानव तस्करीको गम्भीर आरोप लगाइएको भन्दै आक्रोश व्यक्त गरिन्।प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिकी पठाउन तस्करी गर्नेहरूको ‘डिक्लेयर’ गर्नसमेत चुनौति दिइन्।
उनले उपसभामुखमाथि यस्तो गम्भीर आरोप लगाउनुको कारण संवैधानिक परिषद्मा बहुमत हासिल गर्नू रहेको बताइन्।
‘उपसभामुखको नामबाट लगातार मिडिया ट्रायल भइरहेको छ । यसको कारण अरु होइन, संवैधानिक परिषद्मा बहुमत जुटाउन यस्तो प्रचार गरिएको हो,’ उनले भनिन्, ‘संवैधानिक परिषद्मा प्रतिनिधित्व छैन भने माग्नुस् हो माग्नुस् दिउँला।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar