काठमाडौँ – बलिवुड अभिनेत्री जान्ह्वी कपुर अस्पताल भर्ना भएकी छिन् । फूड पोइजनिङ्गका कारण उनलाई बिहीवार अस्पताल भर्ना गरिएको हो ।
जान्ह्वी विगत केही दिनदेखि बिरामी थिइन् । स्वास्थ्यमा सुधार नआए पछि उनलाई बिहीवार अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार हाल जान्ह्वीको स्वास्थ्य स्थिर रहेको छ र एक दुई दिनमा उनलाई डिस्चार्ज गरिने छ ।
जान्ह्वी पछिल्लो समय भारतका धनाड्य व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा सहभागी भएकी थिइन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar