काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सञ्चालन गरेको छ। बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो।
सेवा सुरुपश्चात् भारतीय ग्राहकहरूले भिम (BHIM) र फोन–पेलसहित भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट मुक्तिनाथ विकास बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्नेछन्।
यस प्रकारको सेवाहरूले भारतीय पर्यटकहरूलाई नगद बोक्ने झन्झट नभई नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले अपेक्षा गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar