काठमाडौं – युरो–२०२४ को उपाधिसहित स्वदेश फर्किएको स्पेनी राष्ट्रिय टिमलाई हजारौँ समर्थकले स्वागत गरेका छन् । स्पेनले युरो फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै १२ वर्षपछि उपाधि जितेको थियो । सोमबार जर्मनीबाट स्पेन आइपुगेको स्पेनी टिमले सुरुमै त्यहाँको राजा र उनको परिवारसँग भेट गरेको थियो ।
स्पेनी टिमले शाही परिवारसँग भेटेर उत्सव मनाएको थियो । त्यसपछि उत्सव सहरमा खुला बस परेडमा परिणत भएको थियो । जसमा हजारौँ समर्थक सडकमा उत्रिएका थिए ।स्पेनलाई फाइनलमा जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरेका थिए । इंग्ल्यान्डका कोल पाल्मेरले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
स्पेनले कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । चार पटक युरोको उपाधि जित्ने पहिलो टिम बनेको स्पेन सन् १९६४ मा पहिलो, २००८ मा दोस्रो र २०१२ मा तेस्रो पटक च्याम्पियन बनेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar