काठमाडौँ – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् । ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्डलगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ । विकास वित्तको विकल्पका रूपमा यो आएको मन्त्री पौडेलले बताए । विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए । त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताए ।
साथै उनले अर्थमन्त्री पौडेलले पुरक बजेट नल्याइने बताएका छन् । पौडेलले सरकारका योजना कार्यान्वयन गर्न अहिलेको बजेट बाधा नहुने भन्दै नयाँ बजेट ल्याउनु नपर्ने बताए । निजी क्षेत्रमा रहेको निराशा चिर्दै आशा जगाउनेगरी आफूले कार्य गर्ने उनको भनाइ छ । सेयर बजार जुवाघर नभई अर्थतन्त्रको ऐना रहेको मन्त्री पौडेलको भनाइ छ । आफूले बजारका लागि अनुकूल परिस्थिति बनाउने उनले प्रतिवद्धता जनाए ।
अर्थमन्त्री पौडेलले सेयरबजार अर्थतन्त्रको ऐना भएको बताए । सेयर बजारबारे यस्तो टिप्पणी गरेका हुन् । सेयरबजारले अर्थतन्त्रलाई देखाउने भन्दै उनले यसको उन्नयनमैत्री नीति अघि सार्ने बताए । ‘अहिलेको अर्थतन्त्रमा छाएको निराशा चिर्दै आशा जगाउने नीति लिन्छौँ’, उनले भने ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने बताए । उनले भने, ‘निजी क्षेत्रका समस्या सुन्नेछौँ । उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिइनेछ । सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन ।’ उनले सहयोग र सहजीकरणको भूमिकामा सरकार रहेको भन्दै समस्या सुन्ने र समाधान गर्न थालेपछि निजी क्षेत्रको आत्मविश्वास बढ्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar