काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् सूचना अधिकारी देवेश प्रसाद लोहनीले सुनसरीको हरिनगरा नगरपालिका- २, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौँको काठमाडौँ महानगरपालिका- २, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाटमा आइतबारदेखि शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको जानकारी दिए ।
त्यस्तै, काठमाडौँको काठमाडौँ महानगरपालिका- ४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका– १, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम र बर्दियाको बढैयाताल गाउँपालिका– ६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको उनको भनाइ छ । यससँगै बैंकको शाखा कार्यालयको सङ्ख्या २९४ पुगेको छ ।
साथै बैंकले आइतबारनै स्याङ्जाको चापाकोट नगरपालिका– १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar