काठमाडौँ – हिमालयन एभरेस्ट इन्स्योरेन्सले एकसाथ २ अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएको छ । हिमालयन एभरेस्टले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड पाएको हो ।
अवार्डबारे बोल्दै हिमालयन एभरेस्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्याल अवार्डहरूले आफूहरूलाई नयाँ मापदण्डहरू बनाउन र सेवाग्राहीहरूलाई अझैँ उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको बताए ।
दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, ई–सेवा र खल्तीजस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेसीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेस्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको अर्याल बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar