काठमाडौं – मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।
केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार आजदेखि ५० दिनसम्म बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको हो । त्यस्तै डिजिटल सिस्टममा स्तरोन्नतिसंगै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो ।
महत्वपूर्ण धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं २०५५ साल मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा आएको थियो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको शेरचनले बताए ।
उता केवलकार मर्मतका लागी बन्द हुनु र नेपालको ४५ औं प्रधानमन्त्रीका रुपमा के पी शर्मा ओली नियुक्त भई सपथ ग्रहण गर्नु संयोगवश एकै दिन परेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar