काठमाडौं – नेपाली काँग्रेसको समर्थनमा आईतवार नेपालको ४५ औँ प्रधानमन्त्रीमा नियुक्त भएसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को लफडा सुरु भएको छ ।
आज सोमबार, ओलीले सपथ ग्रहण गरेलगत्तै ओलीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिट दर्ता भएसंगै ओलीलाई लफडा सुरु भएको छ । आज, खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले नवनियुक्त प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिट निवेदनमा संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरिएको छ । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाईएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar