काठमाडौं – प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ ।
यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको संघीय सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar