काठमाडौं – नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन् । आज नियुक्त गरेपछी ओलीलाई भोली सोमवार बिहान ११ बजेमात्र शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
ओली को नेतृत्वमा बन्ने सरकारमा जसपा, जसपा नेपाल, लोसपा र जनमत लगायतका साना दल पनि सहभागी हुने भएपछि कांग्रेस र एमालेले आफूले पाउने मन्त्रालयको संख्या घटाएका छन् । एमाले र काँग्रेस दुवै दलले पूर्वसहमति अनुसार प्रधानमन्त्रीसंगै आजै मन्त्रालय र मन्त्री टुंग्याउने गरी आन्तरिक गृहकार्यमा जुटेका हुन । साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सोहीअनुसार कांग्रेस एमालेबीच १७ मन्त्रालयको भागबण्डा गरी अन्य मन्त्रालय साना दललाई राखेका छन ।
यसअघी कांग्रेस र एमालले कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति गरेका थिए । उनिहरुबीच कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री हुने निश्चीत भएको छ । श्रोतका अनुसार कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसबाट उपप्रधानमन्त्रीसहित भौतिकमा प्रकाशमान सिंह, परराष्ट्रमा आरजु राणा, गृहमा रमेश लेखक, स्वस्थ्यमा तेजुलाल चौधरी, कानुनमा अजय चौरसिया, पर्यटनमा अर्जुननरसिंह केसीको मन्त्रालय टुंगो लागेको छ । त्यस्तै काँग्रेसबाट मन्त्रीमा रामनाथ अधिकारी र हृदय थानीको निश्चित भएपनि मन्त्रालय भने अहिलेसम्म टुंगिएको छैन ।
उता एमालेले उप प्रधानसहित अर्थ मन्त्रीमा विष्णु पौडेलको टुंगो लागेपनि अन्य क कस्लाई मन्त्री बनाँउदैछन् भन्ने टुंगो लागेको छैन । योसंगै शिक्षा, शहरी विकास, संचार, भूमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिने सहमती भएको छ । त्यस्तै लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने बताइएको छ ।
यसैगरी अशोक राई नेतृत्वको जसपालाई श्रम तथा रोजगार र अरु साना दललाई महिला वालबालिका, खानेपानी र युवा खेलकुद दिने तयारी दुई दलको छ । जसपाबाट प्रदिप यादवको मन्त्री बन्ने सम्भावना रहेको श्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar