जनकपुरधाम – मधेस प्रदेशसभाले आर्थिक विधेयक २०८१ पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । यो विधेयकमाथि सांसद किरण कुमारीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मत अस्वीकृत भएको थियो ।
सो विधेयकमाथि भएको दफावार छलफलमा सांसद रामआशिष यादव र प्रमोद यादवले उठाएको सवालमाथि मुख्यमन्त्री सिंहले जवाफ दिँदै कुनै प्रकारको कर नबढाएको स्पष्ट पारेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar