एजेन्सी – आज (आइतबार) राति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो । तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दैछ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछ ।
२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar