बेल्जियम – बेल्जियममा हुन लागेको स्थानीय निर्वाचनमा धादिङका रमेश कडेलले उम्मेदवारी दिने भएका छन् ।
बेल्जियममा आगामी अक्टोबर १३ मा हुने स्थानीय निकायको निर्वाचनमा ब्रुज नगरपालिकाको पालिका सदस्यमा नेपाली रमेश कँडेलले नगरपरिषद सदस्यमा उम्मेदवारी दिने छन् । कँडेललाई गत जुन १५ मा भोराउत पार्टिद्धारा ब्रुजमा आयोजना गरिएको उम्मेदवारी घोषणा सभामा पालिका सदस्यको १५ औं नम्वरमा राखेपछि उनको उम्मेदवारी निश्चित भएको हो ।
भोराउत पार्टी र प्रवासी नेपालीहरुबीच लोकप्रिय पार्टीको रुपमा मानिन्छ । राजनीतिक, सामाजिक र आर्थिक सम्बृद्धिको दर्शनवाट प्रेरित उक्त पार्टी लोकतान्त्रिक समाजबादी पार्टी हो । समान अवसर र ऐक्यबद्धता पार्टीको केन्द्रमा रहेको छ भने धेरै आम्दानी गर्नेले राज्यलाई धेरै र कम आम्दानीहरुले कम कर तिर्ने र यसरी संकलित करबाट आम नागरिकलाई गुणस्तरीय शिक्षा र किफायति स्वास्थ्य सेवा प्रदान तथा श्रमिक नागरिकको खातामा अधिकतम बचत गरी नागरिक क्रयशक्ति बढाउने ध्येय यो पार्टिको रहेको छ । अहिले राष्ट्रिय राजनीति र सरकार निर्माणमा पनि यो पार्टि निर्णायक रहेको छ ।
भोराउतको मुल नारा “तपाई अगाडि जाने कि पछाडि” भन्ने रहेको छ । यो नाराले अग्रमन वा परिवर्तनको चाहना राख्ने नागरिकहरुले आफूहरुलाई मतदान गर्न सुझाएको छ ।
त्यस्तै भोराउत पार्टीले पारिवारिक तथा सामाजिक बिषय, जुन बिषयले नागरिकहरु राती निदाउँदैनन् त्यस्ता बिषयहरुलाई सम्बोधन र समाधानका लागि क्रियाशील रहने जनाएको छ ।
पालिकामा कँडेलको उम्मेदवारी किन ?
बेल्जियममा स्थानीय निकाय सबै भन्दा प्रभावशाली निकायको रुपमा मानिन्छ । स्थानीय विकास निर्माण, नागरिकता, जन्म, मृत्यु दर्ता, भााषा–संस्कृतिको संरक्षण देखि अध्यागमनसम्मका काम यसै निकायद्धारा हुने गर्दछन । स्थानीय व्यापार व्यवसाय समेत यस्कै नियन्त्रणमा रहन्छ । तसर्थ पनि स्थानीय निकाय सबैका लागि आवश्यक र महत्वपूर्ण मानिन्छ ।
आफ्नो उम्मेदवारीका सम्वन्धमा कँडेल भन्छन “ब्रुज क्षेत्र बेल्जियम आउने संसारभरीका पर्यटकका लागि परिचित नाम हो। यो क्षेत्र पुरातात्विक रुपले पनि विश्व सम्पदा सूचीमा पर्दछ । यहाँ नेपाली पर्यटकहरु पनि आउजाउ गर्छन । आफुले ती नेपाली पर्यटकहरुलाई ब्रुजको नेपाली समुदायसंग जोडेर कसरी दुबै पक्ष लाभान्वित हुन सक्छन त्यसका बारेमा अध्ययन गर्ने र दुबै समुदायलाई जोड्ने सेतुको रुपमा काम गर्ने पहिलो योजना रहेको बताउँछन ।
त्यस्तै ब्रुज क्षेत्रमा नेपाली भाषीहरुको सम्मान जनक बसाई भएकोले आफुले नेपाली लगायत अन्य समुदायको भाषा, धर्म, कला, संस्कृति संरक्षण र सम्वर्धका लागि नगरपालिका र पार्टिसंग मिलेर ठोस काम गर्ने बताउँछन् ।
कँडेलले पछिल्लो समयमा बेल्जियमबासी नेपाली भााषीहरुका लागि नेपाली सामुदायिक भवन निर्माण अत्यन्त खड्किएको बिषय भएकोले आफुले बेल्जियमको कुनै पनि स्थानमा यस्तो भवन निर्माणका लागि नगरपालिका र पार्टि बीच समन्वय गरेर यो कुरा राख्ने, बेल्जियमको कुनै पनि स्थानमा जग्गा प्राप्तीका लागि पहल गर्ने र यो बिषयमा नेपाली समुदाय बीच एकता र सद्भाव कायम राख्न क्रियाशील हुने बताए ।
त्यस्तै कँडेलले वर्तमान समयमा संसारभरीका मानिसहरु कुनै न कुनै प्रकारले तनावमा रहेको तथ्यलाई ह्दयंगम र आफु स्वयंम् आध्यामिक चिन्तनमा थोरै लगाव समेत भएकोले बु्रज क्षेत्रमा एउटा प्राकृतिक ध्यान केन्द्र समेत निर्माणका लागि पहल गर्ने बताए । यसका अलावा कँडेलले नेपाली र अन्य समुदायका लागि आवश्यकता अनुसार नगरपालिकामा देखापर्ने समस्याको समाधान गर्न पहल समेत गर्ने बताए ।
ब्रुज नगरपालिकामा भने नेपाली समुदायबाट कँडेलको उम्मेदवारी पहिलो हैन । गत २०१९ को स्थानीय निर्वाचनमा यो पालिकावाट कुशल श्रेष्ठले पहिलो पटक उम्मेदवारी दिएका थिए । श्रेष्ठका अनुसार जित्ने अवसर हुँदाहुदै पनि केहि प्राविधिक कारणले आफु पराजित हुन पुगेको बताउँदै, यो पटक भने पार्टिले नेपाली समुदायबाट योग्य व्यक्तिलाई छनौट गरेको हुँदा कँडेललाई बिजय बनाउन सबै नेपाली समुदाय एकजुट हुनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar